काठमाडौँ । टोखा नगरपालिका–७ दहालगौँडा मा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउने कार्य सुरु गरिएको छ।
सो क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउन प्रहरी प्रशासनको सहयोगमा सोमबारदेखि डोजर परिचालन गरिएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले पटक–पटक जमिन खाली गर्न निर्देशन दिएको थियो।
तर ती निर्देशनलाई टोखा नगरपालिका ले बेवास्ता गरेको आरोप लाग्दै आएको थियो।
हाल प्रशासनको सक्रियतासँगै अतिक्रमण हटाउने अभियान सुरु भएको हो भने यसले सरकारी जग्गा संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।
प्रतिक्रिया