कालिका माविमा ५ लाखको ‘मुगाधन–भलशोभा स्मृति अक्षयकोष’ स्थापना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८२, सोमबार ०७:०१

काठमाडौँ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ स्थित कालिका माध्यमिक विद्यालय मा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ।

स्व मुगाधन र भलशोभा राईका सन्तानहरू—९९ वर्षीय कर्णबहादुर राई, ८७ वर्षीया कुमारीकृष्ण राई तथा स्व राजबहादुर र भुइचालबहादुर राईको परिवारले संयुक्त रूपमा उक्त अक्षयकोष स्थापना गरेका हुन्।

कुमारीकृष्णका छोरा भोगिन्द्र राई का अनुसार मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयका आवश्यक कामकाज सञ्चालन गरिनेछ। उनले भने, “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारका प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँहरूको सम्मानमा अक्षयकोष स्थापना गरेका हौँ।”

यसैबीच, मुगाधन–भलशोभा राईका कान्छा छोरा स्व ध्यानबहादुर राईको सम्झनामा ३४ हजार ५०० रुपैयाँ बराबरका हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई हस्तान्तरण गरिएको छ।

अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दन गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राई ले जानकारी दिए।

त्यस्तै, विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा ६० हजार ६०० रुपैयाँ सहयोग गर्ने प्रेमकुमार राई लाई एक कार्यक्रमबीच सम्मान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply