कांग्रेस १५औँ महाधिवेशन : सभापतिदेखि महामन्त्रीसम्म ३० जनाको उम्मेदवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०८३, बुधबार ०५:४४

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन्। काठमाडौंमा सञ्चालन भइरहेको महाधिवेशनका लागि कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम प्रारम्भिक मतदाता नामावलीमाथि परेका दाबी–विरोध तथा उजुरीमाथि आवश्यक छानबिन गरी अन्तिम नामावली टुङ्गो लगाइएको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समिति सदस्य–सचिव राजु कटुवालद्वारा जारी सूचनामा अन्तिम मतदाता नामावली पार्टीको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत समेत सार्वजनिक गरिएको उल्लेख छ।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।

खुला उपसभापति पदमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव गरी नौ जनाले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापति पदमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरुङ र रञ्जित कर्ण गरी पाँच जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्याय गरी आठ जनाले उम्मेदवारी दिएका छन्।

महिला महामन्त्री पदमा डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनाल गरी तीन जनाको उम्मेदवारी परेको छ।

यो समाचार तयार पार्दासम्म सभापतिमा तीन, वरिष्ठ उपसभापतिमा एक, महिला उपसभापतिमा एक, खुला उपसभापतिमा नौ, समावेशी उपसभापतिमा पाँच, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन गरी कुल ३० जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय कार्यसमिति निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor