टोखा–८ मा करिडोर विस्तार तीव्र, ९५ प्रतिशत काम सम्पन्न : मेयर अधिकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८२, आईतवार ०६:५१

काठमाडौं ।  टोखा नगरपालिका–८ अन्तर्गत बानियाँटार पुलदेखि मिलनटोलको पुलसम्मको करिडोर विस्तार कार्य तीव्र गतिमा अघि बढेको छ। हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ।

प्रकाश अधिकारी ले उक्त आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग संवाद गर्नुभएको थियो।

अनुगमनका क्रममा रमणबस्ती क्षेत्रमा स्थानीयसँग कुराकानी गर्दै मेयर अधिकारीले करिडोर विस्तारले सडक फराकिलो भई आवागमन सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो करिडोर विस्तारले यहाँको यातायात व्यवस्थापन सहज बनाउनुका साथै समग्र शहरी विकासमा सकारात्मक प्रभाव पार्नेछ।”

कार्यक्रममा वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप राई, महेश थपलिया लगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

स्थानीयहरूले पनि करिडोर विस्तार कार्य चाँडो सम्पन्न भई सञ्चालनमा आए क्षेत्रको विकास र आवागमनमा उल्लेखनीय सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply