‘द आसाक्षेत्र फार्म हाउस’ : प्रकृति र मनोरञ्जनको नयाँ गन्तव्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०८२, मंगलवार ०७:४२

काठमाडौं। काठमाडौं नजिकै नगरकोट मार्गमा नयाँ पर्यटन स्थलका रूपमा द आसाक्षेत्र फार्म हाउसको शुभारम्भ गरिएको छ। पूजा र औपचारिक विधि सम्पन्न गरी सञ्चालनमा ल्याइएको यस फार्म हाउसले आगन्तुकलाई प्रकृति र हिमालको मनोरम दृश्यसहित विश्राम, मनोरञ्जन र खानपानको उत्कृष्ट सुविधा उपलब्ध गराउँछ।

फार्म हाउस पुग्न काठमाडौँबाट विभिन्न मार्ग प्रयोग गर्न सकिन्छ।  काठमाडौँ साखु   हुँदै नगरकोट जाने मुख्य सडक हो। त्यस्तै, स्थानीय बाटो “कातिकेमा रहेको फार्म हाउस   पुग्न सकिन्छ। कुल दूरी करिब २०–२५ किलोमिटर रहेको छ र सडकको अवस्था अनुसार करिब १–१.५ घण्टा समय लाग्ने अनुमान छ।

फार्म हाउसमा पाहुनाको लागि खाना, आवास र मनोरञ्जनका सम्पूर्ण सुविधा उपलब्ध छन्। यहाँ विभिन्न पारिवारिक, समूह वा संघ सस्थाको  कार्यक्रम आयोजना गर्न सकिन्छ। विशेषगरी, उच्च स्थानमा रहेको भएकाले हिमालको मनोरम दृश्य, हरियाली क्षेत्र र शान्त वातावरणले आगन्तुकलाई प्राकृतिक अनुभव दिलाउने विश्वास गरिएको छ।

सञ्चालकका अनुसार, फार्म हाउसमा पाहुनाको सुरक्षा, सुविधा र आरामलाई प्राथमिकता दिइएको छ। यहाँ पिकनिक, नाइट–स्टे, र परिवार वा साथीभाइसँगको रमाइलो समय बिताउन उपयुक्त वातावरण छ।यसरी, काठमाडौं नजिकै शान्त वातावरण र हिमालको दृश्यसहितको यो नयाँ गन्तव्यले नगरकोट क्षेत्रको पर्यटन र मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply