धनुषा–१ विवाद : रास्वपाका किशोरी साहलाई सर्वोच्चबाट अन्तरिम राहत अस्वीकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८२, सोमबार ०६:३३

काठमाडौँ ।  सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्काल हस्तक्षेप नगर्ने आदेश दिएको छ।

निर्वाचन आयोगको निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने माग गर्दै साह अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले उनको निवेदनमा अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको जनाएको छ।

न्यायाधीशद्वय विनोद शर्मामेघराज पोखरेलको इजलासले दिएको आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ।

यस निर्णयसँगै निर्वाचन अधिकृतको कार्यालयले मात्रिका यादव निर्वाचित भएको भनी गरेको घोषणा पनि कायम रहने भएको छ।

प्रतिक्रिया

Leave a Reply