काठमाडौँ । संघीय संसद् सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण चैत १२ गते हुने निर्णय गरेको छ।
राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिसँग बिहीबार गरिएको छलफलपछि शपथको मिति तय गरिएको हो। सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी का अनुसार सो दिन दिउँसो २ बजे शपथ कार्यक्रम आयोजना गरिनेछ।
नेपाल कम्युनिष्ट पार्टी का सांसद रमेशकुमार मल्ल ले पनि शपथग्रहण मिति निर्धारणलगायत विषयमा छलफल भएको जानकारी दिएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसद्मा प्रतिनिधित्व गर्नेछन्। साथै एक स्वतन्त्र सांसद पनि रहनेछन्।
यसैबीच निर्वाचन आयोग ले अन्तिम परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेस गरिसकेको छ।
प्रतिक्रिया