निर्वाचन पछि यात्रामा प्रधानमन्त्री, कर्णालीदेखि रारा तालसम्मको भ्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०८२, बिहीबार १३:३५

काठमाडौं, ५ चैत । प्रधानमन्त्री सुशीला कार्की यतिबेला धन्यवाद यात्रामा कर्णाली पुगेकी छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेलेका मतदाता, कर्मचारी र सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्न उनी कर्णाली प्रदेश पुगेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस भ्रमणलाई औपचारिक कार्यक्रमभन्दा पनि ‘आभार यात्रा’का रूपमा लिइएको छ। सोही क्रममा उनले नेपालको प्रसिद्ध प्राकृतिक सम्पदा रारा ताल पुगेर त्यहाँको अवस्थाबारे समेत अवलोकन गरेकी छन्।

यसअघि पनि प्रधानमन्त्री कार्कीले देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गरिसकेकी छन्।

सरकारले निर्वाचनपछि जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीतिअन्तर्गत यस्ता भ्रमणलाई निरन्तरता दिने संकेत पनि दिएको छ।

प्रतिक्रिया

Leave a Reply