काठमाडौं । सर्वोच्च अदालत ले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मा माथि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गरिएको कारबाही कार्यान्वयनमा रोक लगाएको छ।
बिहीबार न्यायाधीश मेघराज पोखरेल को इजलासले शर्माको पक्षमा अन्तरिम आदेश जारी गर्दै उनको सांसद पद यथावत् कायम राख्न आदेश दिएको हो।
शर्मामाथि प्रगतिशील लोकतान्त्रिक पार्टीको पक्षमा खुलेको आरोपमा पार्टीले कारबाही गरेको थियो। त्यस आधारमा प्रदेशसभा सचिवालयले उनको पद खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध शर्मा सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चको अन्तरिम आदेशसँगै अब अन्तिम फैसला नआएसम्म शर्मा सांसद पदमै कायम रहनेछन्।
प्रतिक्रिया