काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले आफ्नो पद र पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगनकुमार थापाले हुमागाईंलाई पार्टीमा स्वागत गरेका हुन्।
हुमागाईंले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोट प्रक्रियामा चरम चलखेल भएको आरोप लगाए। उनका अनुसार समर्पित कार्यकर्तालाई पाखा लगाई अन्यलाई प्राथमिकता दिइएको, आन्तरिक लोकतन्त्र कमजोर बनाइएको तथा आर्थिक र सदस्यता व्यवस्थापनमा गम्भीर प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।
उनी केही दिनअघि नै रास्वपा परित्याग गरिसकेका थिए। अब आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसबाट सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने योजना अघि बढाउने उनले बताएका छन्।
प्रतिक्रिया