भारतको हिमाचल प्रदेशबाट चार वर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरी उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०८२, बुधबार ०७:३५

काठमाडौँ। भारतको हिमाचल प्रदेश, कोताखाई भन्ने स्थानमा चार वर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीलाई उद्धार गरिएको छ। उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन्।

उद्धारमा नेपाल दूतावास दिल्लीमा आएको निवेदनको महत्वपूर्ण भूमिका रहेको थियो। त्यसको आधारमा भारतको बाल कल्याण समिति र हिमाचल प्रहरीको टोलीले लामो प्रयासपछि किशोरीलाई सकुशल उद्धार गरेको नविन जोशीले जानकारी दिएका छन्।

जोशीका अनुसार उद्धार प्रक्रिया करिब दुई महिनासम्म चलेको थियो र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि किशोरीलाई दिल्ली ल्याइने तयारी भइरहेको छ। यो घटनाले नेपाली युवाहरूको सुरक्षामा अन्तर्राष्ट्रिय समन्वयको महत्त्व पुष्टि गरेको छ।

प्रतिक्रिया

Leave a Reply