काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले आरुबारीमा निर्माण सम्पन्न सुविधा सम्पन्न बाल उद्यान र शारीरिक व्यायाम सहितको भलिबल कोर्ट उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा मेयर रिसालले बालबालिकाको स्वस्थ र सक्रिय जीवनका लागि पार्क र खेलमैदानको महत्व औँल्याउँदै स्थानीय समुदायलाई यी सुविधाहरू उपयोग गर्न प्रेरित गर्नुभयो। नगरपालिकाले आगामी दिनमा यस्तै अन्य क्षेत्रहरूमा पनि खेलकुद र मनोरञ्जनात्मक पूर्वाधार निर्माण गर्ने योजना रहेको जनाएको छ।













प्रतिक्रिया