पत्रकार मुकुन्द ढुंगानाको नजरमा: सरल, सालीन र विश्वासिला नेता जगदीश्वर नरसिंह केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८२, शुक्रबार ०८:००

 २०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नं. २ का उम्मेदवार आदरणीय दाजु जगदीश्वर नरसिंह केसी आज आम मतदाताबीच विश्वासका साथ प्रस्तुत भइरहनुभएको छ। पत्रकार मुकुन्द ढुंगानाको नजरमा केसी केवल एक उम्मेदवार मात्र होइनन्, उनी सालीनता, सरलता र जिम्मेवारीको प्रतिमूर्ति हुन्।

पत्रकार मुकुन्द ढुंगानाका अनुसार नुवाकोट जिल्लामा पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दा केसीले संगठनलाई मात्र बलियो बनाएनन्, जनताको दुःख–सुखमा प्रत्यक्ष साथ दिने संस्कार पनि विकास गर्नुभयो। उहाँको नेतृत्वमा जिल्लाभर पार्टीको संरचना सुदृढ भएको मात्र होइन, कार्यकर्ताको मनोबल समेत उच्च बनेको पत्रकार मुकुन्द ढुंगाना बताउनुहुन्छ।

पत्रकार मुकुन्द ढुंगानाको अनुभवमा केसीको सबैभन्दा ठूलो विशेषता उहाँको ‘हल्का’ स्वभाव हो—अर्थात् जहाँ गए पनि सहज रूपमा घुलमिल हुने, सानो–ठूलो भन्ने भेदभाव नगर्ने र सबैको कुरा धैर्यपूर्वक सुन्ने। गाउँदेखि बजारसम्म, युवा देखि ज्येष्ठ नागरिकसम्म सबैले उहाँलाई आफ्नै मान्छेका रूपमा लिन्छन्।

नुवाकोटमा पार्टी सभापति हुँदा केसीले जनताको प्रत्यक्ष सरोकारका विषय—सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिसम्बन्धी समस्यामा निरन्तर पहल गर्नुभयो। पत्रकार मुकुन्द ढुंगानाका अनुसार उहाँको कार्यशैली प्रचारमुखी भन्दा परिणाममुखी रह्यो। “बोल्नेभन्दा काम गर्ने” नेताका रूपमा उहाँले आफ्नो छवि बनाउनु भयो।

पत्रकार मुकुन्द ढुंगाना भन्छन्, केसीको राजनीतिक यात्रा पद र प्रतिष्ठाभन्दा बढी जिम्मेवारी र विश्वासको यात्रा हो। शक्ति प्रदर्शन होइन, समन्वय र समझदारीमार्फत समाधान खोज्ने उहाँको शैलीले सबै पक्षलाई जोड्ने काम गरेको छ।

चुनावी मैदान तातिँदै जाँदा क्षेत्र नं. २ मा केसीप्रतिको विश्वास अझ मजबुत बन्दै गएको पत्रकार मुकुन्द ढुंगानाको बुझाइ छ। सरल व्यवहार, स्पष्ट दृष्टिकोण र सबैको काममा समान प्राथमिकता दिने उहाँको स्वभावले उहाँलाई सबैको नजरमा राम्रो नेता बनाएको छ।

पत्रकार मुकुन्द ढुंगानाको नजरमा, जगदीश्वर नरसिंह केसी केवल उम्मेदवार होइनन्—उहाँ नुवाकोटको आशा, भरोसा र साझा भविष्यका प्रतिनिधि हुनुहुन्छ।

प्रतिक्रिया

Leave a Reply