काठमाडौँ । जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज तीन वटा महत्वपूर्ण खेलहरू हुँदैछन् । विभिन्न समूहका टोलीहरूबीच प्रतिस्पर्धा हुने यी खेलहरू भारत र श्रीलंकाका मैदानमा आयोजना हुँदैछन् ।
आजको पहिलो खेल समूह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुँदैछ । भारतको अहमदाबादमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । अफगानिस्तानले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग पराजय भोगेको थियो भने दक्षिण अफ्रिकाले क्यानडालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
त्यस्तै, आजको दोस्रो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हुनेछ । श्रीलंकाको कोलम्बोमा आयोजना हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको थियो ।
यसैगरी, आजको तेस्रो खेल समूह सी अन्तर्गत इङ्ल्याण्ड र वेस्ट इण्डिजबीच हुनेछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा इङ्ल्याण्डले नेपाललाई पराजित गरिसकेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।
आजका यी तीन खेलहरूले समूह चरणको समीकरण थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया