देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा कुहिरो र हुस्सु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०६:४५

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने पहाडी तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति तराईका केही स्थानमा कुहिरो लाग्नेछ भने धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। पहाडी तथा हिमाली भागमा भने मौसम प्रायः सफा रहनेछ।

हिमपात, वर्षा, कुहिरो र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply