बुढानिलकण्ठ नगरपालिकामा मानसिक स्वास्थ्य कार्यक्रम मूल्याङ्कन तथा छलफल सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०८२, आईतवार ०७:०६

बुढानिलकण्ठ नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा गरिएको अनुसन्धान तथा मूल्याङ्कनका आधारमा विद्यार्थीहरूको मानसिक स्वास्थ्य, विद्यालयमा हुने दुव्र्यवहार, पक्षपात तथा शिक्षकद्वारा हुने शारीरिक दुर्व्यवहारजस्ता संवेदनशील विषयमा गहिरो छलफल तथा समीक्षा गरिएको छ।

कार्यक्रममा विद्यालय तहमा देखिएका समस्या, चुनौती र सुधारका उपायबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श गरिएको थियो। सहभागीहरूले विद्यार्थीमैत्री, सुरक्षित र समावेशी शिक्षण वातावरण निर्माणका लागि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

यस कार्यक्रमले बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयलाई अझ सुरक्षित, बालमैत्री र समावेशी शैक्षिक वातावरण बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

Leave a Reply