लोकतान्त्रिक एकताको निष्कर्ष र चुनावी जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०८२, सोमबार ०९:३२

 आनन्द पोखरेल । नेकपा एमालेको ११औँ महाधिवेशनले पार्टीभित्र विद्यमान सबै आन्तरिक प्रतिस्पर्धा, मतभेद र वैचारिक बहसलाई लोकतान्त्रिक विधिमार्फत निष्कर्षमा पुर्‍याएको छ। अब व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टीलाई विचार, संगठन र नेतृत्वको दृढ एकतामा बाँध्ने ऐतिहासिक घडी आएको छ।

महाधिवेशन कुनै व्यक्तिको जित–हारको कथा मात्र होइन, यो पार्टी संस्कृतिको परिपक्वता र लोकतान्त्रिक अभ्यासको प्रमाण हो। आन्तरिक प्रतिस्पर्धा सकिएको छ, अब त्यो प्रतिस्पर्धालाई सामूहिक जिम्मेवारी र साझा लक्ष्यमा रूपान्तरण गर्ने समय हो।

फागुन २१ गते हुने निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा मात्र होइन। यो निर्वाचन राष्ट्रिय हित, संविधानको संरक्षण, लोकतन्त्रको संस्थागत विकास र देशको दीर्घकालीन भविष्यसँग प्रत्यक्ष जोडिएको निर्णायक अवसर हो। समृद्ध र सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न, भ्रष्टाचारमुक्त, सुशासनयुक्त राज्य व्यवस्था स्थापना गर्न तथा न्यायपूर्ण समाज निर्माण गर्न नेकपा एमालेको भूमिका हिजोभन्दा आज अझ बढी जिम्मेवार र निर्णायक बनेको छ।

राजनीतिक स्थिरता बिना आर्थिक समृद्धि सम्भव छैन, र सक्षम नेतृत्व बिना स्थिरता दिगो हुँदैन। यही यथार्थका कारण आजको नेपाली राजनीतिमा नेकपा एमालेमाथि जनताको अपेक्षा बढेको छ। ती अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने दायित्व अब हामी सबैको साझा दायित्व हो।

राष्ट्रको यो साझा उद्देश्य पूरा गर्न हामी सबै अनुशासित, प्रतिबद्ध र एकताबद्ध भएर पार्टीको विजय सुनिश्चित गर्न अग्रसर हुनुपर्छ। यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरू निर्वाचनमुखी वर्गसंघर्षमा लामबद्ध हुन आवश्यक छ। संगठनलाई बलियो बनाउँदै, जनतासँग गहिरो संवाद गर्दै र सकारात्मक प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अघि बढ्नु आजको आवश्यकता हो।

प्रतिक्रिया

slot gacor