मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०८२, बिहीबार ०६:३६

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ।

आयोगले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार आयोगको केन्द्रीय कार्यालयमा उपस्थित गराई बयान लिएको हो।

जेनजी आन्दोलनमा लामिछानेको संलग्नता, नख्खु कारागारबाट बाहिरिएको घटनासहित आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा उनीसँग सोधपुछ गरिएको आयोग स्रोतले जनाएको छ।

उक्त घटनाबारे आयोग आयुक्त लिली थापाको संयोजकत्वमा छानबिन गरिरहेको छ। यसअघि आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतसँग समेत बयान लिइसकेको छ।

आयोगले छानबिन अन्तिम चरणमा पुगेको जनाउँदै अब प्रतिवेदन लेखन प्रक्रिया सुरु गरिने जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply