आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८२, बुधबार ०७:०४

काठमाडौँ ।  भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन्। शेर मल्ल पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा छनोट भएका हुन्।

त्यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्। यद्यपि, विश्वकप एसिया–ईएपी छनोटमा सहभागी भएका कुशल मल्लमोहम्मद आदिल आलम अन्तिम टोलीमा अटाउन सकेनन्।

घोषित १५ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बमसन्दीप जोरा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply