प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०८२, सोमबार ०६:०९

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगका अनुसार निर्वाचनलाई लक्षित गर्दै सम्बन्धित जिल्लामा अनुभव हासिल गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको हो। निर्वाचन प्रक्रिया समयमै, निष्पक्ष, स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि प्रारम्भिक चरणमै अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूले निर्वाचन क्षेत्रस्तरमा निर्वाचन कार्यालय सञ्चालन, मतदान केन्द्र व्यवस्थापन, मतदान र मतगणना प्रक्रिया, आचारसंहिता कार्यान्वयन तथा सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

आयोगका अनुसार अधिकृत नियुक्तिसँगै निर्वाचन तयारीलाई तीव्र बनाइनेछ भने मतदाता शिक्षा, सामग्री व्यवस्थापन, कर्मचारी परिचालन तथा प्रविधि प्रयोगलाई समेत प्रभावकारी बनाइनेछ।

निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कानुन र आचारसंहिताअनुसार हुने स्पष्ट पार्दै सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

 

 

slot gacor