काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम 122 पिन्ट रगत संकलन गर्दै सम्पन्न भएको छ ।
२०७४ साल बैसाक २ गते बाट शुरु गरिएको अभियानले आफ्नो निरन्तरताको ४५५औं हप्ताको अवसरमा बृहद रक्तदान आयोजना गरेको हो
अभियानको शुरुवाती चरणबाटनै प्राविधिक तथा भौतिक सहयोग गरिरहेको ग्रीनसिटी हस्पिटल, ब्लोदान काठमाडौं मध्य क्षेत्र, साउथ वेष्टर्न कलेज तथा ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र रानिवारीको सह आयोजना रहेको यस कार्यक्रममा मिडिया सहकार्यको रुपमा राष्ट्रिय खबर डटकम र तुफान न्यूज डटकम रहेका थिए ।
अभियानको ३०० औ हप्ता बाट शुरु गरिएको रक्तदान कार्यक्रम प्रतेक तिन तिन महिनामा गरिदै आएको भएपनि भाद्र २३ र २४ को जेन्जी आन्दोलन पछि रोकीएको थियो । जेन्जी आन्दोलनकै दिन भाद्र २४ मा पनि रक्तदान गरि रगत अभावहुन बाट बचाएको यो अभियानले अब यस कार्यलाई निरन्तरता दिईने बताएको छ ।
आजको कार्यक्रमलाई अभियानका संयोजक लोक बहादुर टण्डन,ब्रह्राकुमारी राजयोग सेवा उपकेन्द्र रानीबारीमा आवद्व व्यक्तित्वहरू, ९३ वर्षीय जेष्ठ नागरिक अर्जुन भण्डारी, सक्रिय अभियन्ताहरूजित बहादुर हमाल, तिलक बस्नेत, आरबी ठकुरी , डिबी पराजुली, नेत्र विष्ट, उत्तम घिमिरे लगायत अन्य सामाजिक व्यक्तित्वहरूले सहजीकरण गर्नुभएको थियो ।
अभियानका संयोजक तथा ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको नेतृत्वमा हुदै आएको रक्तदान कार्यक्रम अब प्रतेक तिन तिन महिनामा हुने निरन्तर सन्चालन हुने बताईएको छ ।
रक्तदान कार्यक्रमको प्राबिधिक सहयोग मेट्रो अस्पतालले गरेको थियो ।
आफुलाई पर्दा रगतको लागि कति भौतारिनु परेको हुन्छ त्यसलाई मनन गरेर यो खुल्ला तथा बृहत रक्तदानमा सहभागिता जनाउने सबै सबैमा आयोजकको तर्फबाट हार्दिक आभार समेत व्यक्त गरिएको छ ।
प्रतिक्रिया