चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा बृहत रक्तदान कार्यक्रम हुँदै

evccfn@gmail.com' rastriyakhabar
३ पुष २०८२, बिहीबार २१:२८

काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । २०७४ साल बैसाक २ गते बाट शुरु गरिएको अभियानले आफ्नो निरन्तरताको ४५५औं हप्ताको अवसरमा बृहद रक्तदान गर्न लागेको हो ।
अभियानको शुरुवाती चरणबाटनै प्राविधिक तथा भौतिक सहयोग गरिरहेको ग्रीनसिटी हस्पिटल, ब्लोदान काठमाडौं मध्य क्षेत्र, साउथ वेष्टर्न कलेज तथा ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र रानिवारीको सह आयोजना रहेको यस कार्यक्रममा मिडिया सहकार्यको रुपमा राष्ट्रिय खबर डटकम र तुफान न्यूज डटकम रहेका छन् ।
अभियानको ३०० औ हप्ता बाट शुरु गरिएको रक्तदान कार्यक्रम प्रतेक तिन तिन महिनामा गरिदै आएको भएपनि भाद्र २३ र २४ को जेन्जी आन्दोलन पछि रोकीएको थियो । जेन्जी आन्दोलनकै दिन भाद्र २४ मा पनि रक्तदान गरि रगत अभावहुन बाट बचाएको यो अभियानले अब यस कार्यलाई निरन्तरता दिईने बताएको छ ।
अभियानका संयोजक तथा ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको नेतृत्वमा हुदै आएको रक्तदान कार्यक्रममा कम्तिमा पनि १२० प्रिन्ट रगत संकलन गरिने गरेको थियो ।
आफुलाई पर्दा रगतको लागि कति भौतारिनु परेको हुन्छ त्यसलाई मनन गरेर यो खुल्ला तथा बृहत रक्तदानमा सहभागिता जनाउन संयोजक टण्डनले सबै सबैमा आह्वान समेत गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply