गायक तिलक बस्नेतको गीत “ ए मेरो जुन माया ” सार्वजानिक

evccfn@gmail.com' rastriyakhabar
२ पुष २०८२, बुधबार ०८:१०

काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको आज प्रशारण भएको गीत “ ए मेरो जुन माया ” सार्वजानिक भएको छ ।
आज आफ्नै युटुब च्यानल “ तिलक बस्नेत अफिसियल युटुब ” बाट सार्वजानिक भएको गीत निकै रफ्तारका साथ अगाडी गएको छ । यो गीतमा छोटो समयमा टीकटक बनाउनेको भिड समेत बढ्दै गएको छ ।
तिलक बस्नेत र देवी घर्तीको स्वरमा रहेको यो गीतको रचना र संगीत उनै बस्नेतको हो भने यो गितको एरेन्ज,मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।
वेभ स्टुडीयोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ बिनोद महतराले गरेका हुन् ।
मुकेश नेपालीको नृत्य निर्देशन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री विश्वकर्मा,माया विश्वकर्मा,राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा श्रीयांसी लामिछानेको अभिनय रहेको छ ।
भिडियो निर्माणमा सिनेमाटोग्राफरमा रेशम दर्लामी र सम्पादन र कलरिङमा अमृत चापागाईले साथ दिएका छन् भने मेकअपमा बिनिता गरुङको कला प्रस्तुत भएको छ ।
यो गीत प्रशारण भए संगै गायक तिलक बस्नेतले दर्शक श्रोताले नयाँ खुराकको रुपमा पाउने दावी समेत गरेका छन् ।
श्रोत, साधन, मेहेनत र टिममा रहेका सबैको साथ सपोर्टको कारण यो गीत र भिडियो उत्कृष्ट बनेको भन्दै गायक बस्नेतले सम्पुर्ण टिम प्रति हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
दर्शक श्रोताको मायाको कारण आफुले अझ उत्कृष्ट रचना पस्किन सक्ने भन्दै यो गीत सुनेर र भिडियो हेरेर रचनात्मक सल्लाह सुझाव दिन गायक बस्नेतले आम दर्शक श्रोतामा आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply