मुकुन्द ढुङ्गानाको नजरमा कृष्णबहादुर राई : भविष्य देख्ने, युवामैत्री नेता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०८२, मंगलवार ०५:५९

काठमाडौँ ।
नेकपा एमालेका पूर्व सांसद कृष्णबहादुर राईले राजधानी विशेष प्रदेश खुला तर्फबाट पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। लामो समयदेखि पार्टी संगठन, आन्दोलन र संसदीय अभ्यासमा खारिँदै आएका राईले पार्टीलाई अझ सशक्त, अनुशासित र वैचारिक रूपमा मजबुत बनाउन आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वि.सं. २०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका राई राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका बौद्धिक नेता हुन्। उनी २०४१ सालमा अखिल (पाँचौँ) को सदस्यता लिएसँगै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। विद्यार्थी राजनीतिबाट संगठन निर्माणसम्मको यात्रामा निरन्तर सक्रिय रहेका राई २०५१ सालमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य बनेका थिए भने २०७२ सालमा सोही कमिटीको अध्यक्षमा निर्वाचित भई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका थिए।

पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक गिरफ्तारी र कारावास भोगेका राई २०५४ सालमा तत्कालीन जोरपाटी गाविसको उपाध्यक्षमा निर्वाचित भई स्थानीय तहमा जनमुखी कामका लागि परिचित बने। २०७४ सालको संघीय संसद् निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनबाट काठमाडौं–३ बाट निर्वाचित हुँदै उनले संघीय संसद्मा जनताको आवाज बुलन्द गरेका थिए। त्यसपछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी सम्हाले।

मैले चिनेको कृष्णबहादुर राई हल्ला र आत्मप्रचारमा रमाउने नेता होइनन्। उनी सरल, शालीन, सहयोगी र निष्ठावान व्यक्तित्वका धनी नेता हुन्। संगठनभित्र सहकार्य र समन्वयमा विश्वास गर्ने, असहमतिको सम्मान गर्ने र भविष्यका चुनौतीलाई टाढैबाट देखेर तयारी गर्ने स्वभाव उनका विशेषता हुन्। उनी राजनीतिलाई पद र हैसियतको साधन होइन, पुस्तान्तरणसहितको जिम्मेवारी ठान्छन्।

विशेष गरी युवापुस्तालाई विदेश पलायन होइन, स्वदेशमै अवसर सिर्जना गरेर केही गर्नुपर्छ भन्ने भाव उनका विचार र व्यवहारमा स्पष्ट देखिन्छ। युवालाई राजनीतिमा अवसर, विचार र जिम्मेवारी दिनुपर्छ भन्ने उनको दृष्टिकोण आजको पार्टी र राष्ट्र दुवैका लागि अत्यन्त सान्दर्भिक छ।

आज जब पार्टीलाई अनुभवी, वैचारिक रूपमा स्पष्ट र संगठन निर्माणमा खारिएको नेतृत्वको खाँचो छ, त्यही बेला कृष्णबहादुर राईजस्ता नेता केन्द्रीय कमिटीमा पुग्नु समयको आवश्यकता हो। उनको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा होइन, यो संगठन, अनुभव र भविष्यप्रतिको साझा प्रतिबद्धताको प्रतीक हो।

त्यसैले ११औँ महाधिवेशनका प्रतिनिधिहरूले आजको मात्र होइन, भोलिको एमाले कस्तो बनाउने भन्ने प्रश्नलाई केन्द्रमा राख्दै निर्णय गर्नुपर्ने बेला आएको छ।
अनुभव, इमानदारी र दूरदृष्टिको संयोजनका रूपमा कृष्णबहादुर राईलाई केन्द्रीय सदस्यमा विजयी गराउनु भनेको पार्टीको भविष्यमा लगानी गर्नु हो।

प्रतिक्रिया

One thought on “मुकुन्द ढुङ्गानाको नजरमा कृष्णबहादुर राई : भविष्य देख्ने, युवामैत्री नेता

Comments are closed.

 

 

slot gacor