NEW ERA संस्थाद्वारा कागेश्वरी मनोहरा नगर अस्पताललाई दुईवटा ‘Portable Medical Steam Sterilizer’ हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०८२, मंगलवार ०७:१५

काठमाडौँ । स्वास्थ्य सेवा सुदृढीकरणका उद्देश्यले NEW ERA संस्थाले कागेश्वरी मनोहरा नगर अस्पताललाई प्रदान गरेको दुवैवटा Portable Medical Steam Sterilizer आज एक औपचारिक कार्यक्रममार्फत अस्पताललाई हस्तान्तरण गरिएको छ।

उक्त उपकरणहरू अस्पतालका कार्यकारी निर्देशक श्री रामप्रसाद पौडेललाई NEW ERA प्रतिनिधिमण्डलले हस्तान्तरण गरेको अस्पताल प्रशासनले जानकारी गराएको छ। आधुनिक तथा सुरक्षित स्वास्थ्य सेवा विस्तारका लागि महत्त्वपूर्ण मानिने यी Steam Sterilizer को उपलब्धताले अस्पतालमा प्रयोग हुने चिकित्सकीय उपकरणहरूको स्वच्छता, संक्रमण नियन्त्रण र सेवा प्रभावकारितामा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

अस्पताल परिवारले यस महत्वपूर्ण स्वास्थ्य उपकरण सहयोगका लागि NEW ERA संस्था प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यस्तो सहयोगले समुदायमै केन्द्रित स्वास्थ्य सेवा अझ गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ।

यसैसँगै, कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट पनि NEW ERA लाई विशेष धन्यवाद र प्रशंसा व्यक्त गरिएको छ। नगरपालिकाले स्वास्थ्य सेवा सुधार र नागरिक हितमा यस प्रकारका सहकार्यहरू आगामी दिनमा पनि निरन्तर रहिरहनुपर्ने आवश्यकता औँल्याएको छ।

अस्पतालले प्रदान गरिएको उपकरणलाई चाँडै सञ्चालनमा ल्याई सेवा गुणस्तर उकास्ने दिशामा काम गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply