काठमाडौँ । गोकर्णेश्वर–८ मा मासिक १०० अभियान नेपाल द्वारा आयोजित जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७१औँ शृङ्खला सम्पन्न भएको छ। चार पुस्ताबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँ खाने कथा आदानप्रदान, जन्म-महिना महोत्सव तथा विविध सांस्कृतिक गतिविधिहरू सम्पन्न भएका थिए।
कार्यक्रममा पहिलो पुस्ताका हजुरबा–हजुरआमाले जीवनअनुभव, संस्कार र आशीर्वाद बाँड्दै कार्यक्रमलाई आत्मीय बनाएका थिए। दोस्रो पुस्ताका बा–आमाले गीत, नाच र भजन–कीर्तन प्रस्तुत गर्दै सांस्कृतिक वातावरणलाई समृद्ध बनाएका थिए।
तेस्रो पुस्ताका युवाहरू कार्यक्रमको व्यवस्थापन र समन्वयमा सक्रिय रहेर सम्पूर्ण गतिविधिलाई सुव्यवस्थित बनाउनेतर्फ केन्द्रित थिए भने चौथो पुस्ताका बालबालिकाले गीत, नृत्य र प्रस्तुतीमार्फत आफ्नो प्रतिभा देखाउँदै संस्कार सिक्ने अवसर पाएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहभागीहरूले गाउँ खाने कथा आदानप्रदान गरेका थिए। साथै, सो अवसरमा विभिन्न उमेर समूहका व्यक्तिहरूको जन्म-महिना महोत्सव मनाइएर एक–अर्कालाई शुभकामना र सम्मान प्रदान गरिएको थियो।
संस्थाले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
सभापति: सन्जय श्री पोखरेल (मासिक १०० अभियान नेपालका परिकल्पनाकार/संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार)
उद्घोषक: बिकास श्रेष्ठ (संस्थाका अध्यक्ष)
प्रमुख अतिथि: निपुर्ण न्यौपाने (सडक साथी संस्थाका संस्थापक अध्यक्ष)

प्रतिक्रिया