कागेश्वरी मनोहरा–१ मा स्तन/पाठेघर क्यान्सर तथा घरेलु हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:०१

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा महिलामा बढ्दै गएको स्तन तथा पाठेघरको क्यान्सर र समुदायमा अझै चुनौती बनेको घरेलु हिंसा सम्बन्धी जागरूकता फैलाउने उद्देश्यले आयोजित सामुदायिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय महिला, स्वास्थ्यकर्मी, महिला समूह, समाजसेवी तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। स्वास्थ्यकर्मीहरूले स्तन र पाठेघरको क्यान्सरका लक्षण, जोखिम, समयमै जाँचको महत्त्व तथा उपचारका उपायबारे विस्तृत जानकारी प्रदान गरे। साथै, घरेलु हिंसाका प्रकार, कानुनी व्यवस्था, पीडितले तुरुन्त पाउन सक्ने सेवा तथा सहयोगबारे पनि प्रशिक्षण दिइयो।

वडाअध्यक्ष तथा आयोजनाका प्रतिनिधिहरूले यस प्रकारका कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सचेतना मात्र होइन, हिंसा विरुद्ध बोल्ने वातावरण समेत निर्माण हुने विश्वास व्यक्त गरे। उनले भने— “महिलाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै वडा नं. १ ले आगामी दिनमा थप विस्तृत स्वास्थ्य शिविर र हिंसा विरुद्धका अभियान निरन्तर चलाउँदै लैजानेछ।”

स्थानीय महिलाहरूले कार्यक्रमले आफूहरूमा ठूलो जागरण ल्याएको बताउँदै नगरपालिकाले यस्तो महत्वपूर्ण पहल निरन्तर गर्नुपर्ने माग गरेका छन्। समुदायमा क्यान्सर तथा घरेलु हिंसा सम्बन्धी जोखिम कम गर्दै स्वस्थ, सुरक्षित र सचेत समाज निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नगरपालिका–१ ले जनाएको छ।

प्रतिक्रिया

slot gacor