गोकर्णेश्वर–९ मा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०६:१५

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–९ ले स्थानीय बासिन्दालाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ। नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आयोजना हुने यो शिविर  मंसिर १२ गते स्वास्थ्य चौकी भवन, आस्बारी चोकमा बिहान १०:३० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुने वडा कार्यालयले जानकारी दिएको छ।

शिविरमार्फत सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, निःशुल्क औषधि वितरण, मोतिबिन्दुको पहिचान तथा आवश्यक परेमा निःशुल्क शल्यक्रिया समेत गराइनेछ। आर्थिक रूपमा कमजोर, नियमित स्वास्थ्य जाँच गर्न नपाएका तथा आँखा समस्या दीर्घकालसम्म बेवास्ता गरेका नागरिकका लागि शिविर अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष राजिव थापाले यो शिविरले वडावासीका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीयले “घर–दैलोमै स्वास्थ्य सेवा पाउने वातावरण” बनेको बताए। उनले आगामी दिनमा पनि वडाले यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै स्वास्थ्य सेवा अझ पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

वडा कार्यालयका अनुसार आँखा सम्बन्धी समस्या प्रारम्भिक रूपमा पहिचान गरिनु अत्यावश्यक भएकाले समयमै परीक्षण गराएकै आधारमा दृष्टि जोगाउन सकिने हुँदा शिविरमा सहभागी हुन सबै वडावासीलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply