बुढानिलकण्ठ–विष्णुद्वार पदयात्रा: स्काउटको सक्रिय सहभागितामा स्वास्थ्य, प्रकृति र संस्कृति प्रवर्द्धन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८२, बुधबार ०८:४२

काठमाडौँ ।  नेपाल स्काउट, बागमती प्रदेश स्काउट र स्थानीय स्काउट परिषद्को आयोजनामा बुढानिलकण्ठ नगरपालिकाले ‘बुढानिलकण्ठदेखि विष्णुद्वारसम्म पदयात्रा’ संचालन गर्ने भएको छ।

बुढानिलकण्ठ नगर स्काउट परिषद्को समन्वयमा आयोजना हुन लागेको यस पदयात्रामा नगरभित्रका विभिन्न स्काउट समूहहरू सक्रिय सहभागी हुनेछन्। कार्यक्रममा बुढानिलकण्ठ स्काउट ट्रुप, बाल विकास समाज स्काउट ट्रुप, महालक्ष्मी आश्रित स्काउट ट्रुप, भकुण्डे स्काउट ट्रुप, पञ्चकन्या स्काउट ट्रुप, शीराम स्काउट ट्रुप लगायतका टोलीहरूले सहभागिता जनाउनेछन्।

पदयात्राको मुख्य उद्देश्य विद्यालयका विद्यार्थी, नगरवासी, युवा तथा स्काउट सदस्यहरूलाई शारीरिक तन्दुरुस्ती, प्रकृति संरक्षण, स्वस्थ जीवनशैली र स्थानीय धार्मिक–पर्यटकीय महत्वबारे अभिवृद्धि गर्नु रहेको छ।

कार्यक्रम मिति २०८१ मंसिर ११ गते, बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म, बुढानिलकण्ठ मन्दिरदेखि विष्णुद्वारसम्म सञ्चालन हुनेछ।

नगरपालिकाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबै सहभागीलाई सुरक्षित, अनुशासित र वातावरणमैत्री कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply