गोकर्णेश्वर–५ मा आँखा जाँच तथा पाठेघरको मुख क्यान्सर पहिचान शिविर सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८२, बिहीबार ०६:५०

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका–५ मा नगरपालिकाको सहयोगमा आँखा जाँच तथा पाठेघरको मुख–क्यान्सर पहिचान शिविर सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ठूलो संख्यामा महिला तथा वृद्ध नागरिकको सहभागिता रह्यो।

नगर प्रमुख दीपक रिसालका अनुसार नियमित स्वास्थ्य सेवा सरकारी अस्पतालसम्म सीमित भएकाले गाउँ–गाउँमा पुगेर जनस्वास्थ्य सुरक्षित गर्न यस्तो कार्यक्रम निरन्तर सञ्चालन गरिने योजना रहेको छ। “समयमै परीक्षण र सचेतना नै रोग नियन्त्रणको मूल आधार हो, त्यसैले नगरपालिका समुदायमै पुग्ने प्रकारका शिविरलाई प्राथमिकतामा राख्छ,” नगर प्रमुख रिसालले बताए।

शिविरमा आँखासम्बन्धी समस्या, दृष्टिदोष, मोतिबिन्दुको पहिचान साथै पाठेघरको मुख–क्यान्सरको प्रारम्भिक स्क्रिनिङ, परामर्श तथा आवश्यक परे थप उपचारका लागि रिफर गरिने प्रक्रिया समेत गरिएको स्वास्थ्य शाखाले जनाएको छ। स्थानीय महिलाहरूले दैनिक व्यस्तता र आर्थिक अभावका कारण अस्पताल पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखी आयोजना गरिएको यस पहलले स्वास्थ्य सेवामा पहुँच बढाएको बताइएको छ।

शिविर सफलसँग सम्पन्न भएपछि आगामी दिनमा अन्य वडामा पनि यस्तै कार्यक्रम विस्तार गर्ने तयारी छ।

प्रतिक्रिया