काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली कम्युनिस्ट पार्टीलाई ‘दश कोठे टहरा’को संज्ञा दिएका छन्।
शनिबार चितवन भरतपुरमा आयोजित जनसभामा उनले पार्टी छुट्टाछुट्टै बस्दा अस्तित्व सुरक्षित नहुने डरले उनीहरू एक ठाउँमा आएका दाबी गरेका हुन् ।
बादलका अनुसार, ‘अलग अलग कोठामा बसिरहेका थिए। कोठाले उनीहरूको अस्तित्व धान्ने भएन । त्यसैले आफ्नो अस्तित्व बचाउन दz कोठे टहरा बनाए ।’
उपाध्यक्ष बादलले आगामी निर्वाचन नजितिने डरका कारण पार्टीहरू एक ठाउँमा आएको दाबी पनि गरे। ‘टहरा बनाइयो भने आउने निर्वाचनमा केही सिट पाइन्छ कि भन्ने उनीहरूको राजनीतिक लक्ष्य हो,’ उनको भनाइ छ ।
उनले दश पार्टी भए पनि मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका बताए । बाँकी केवल केही व्यक्ति मात्र त्यहाँ रहेको उनले उल्लेख गरे । तर एमाले छाडेर गएका कम्युनिस्टहरूको अस्तित्व टहरामा बसेर रक्षा नहुने पनि बादलले दाबी गरे ।
‘मूल घरमा फर्केर मात्रै उहाँहरूको अस्तित्व रक्षा हुन सक्छ। प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको चुनावमा उनीहरू विजयी हुन सक्नेछन्, सांसद बन्न सक्नेछन्, मन्त्री बन्न सक्नेछन्। यस्तो टहरोमा बसेर हुँदैन,’ बादलले भने।
प्रतिक्रिया