जेनजी आन्दोलन : आपराधिक कार्यमा संलग्न ४२९ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०८२, शुक्रबार ०६:३८

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा हालसम्म ४२९ जना पक्राउ परेका बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले पक्राउ परेकाहरूमाथि हालसम्म विभिन्न शीर्षकअन्तर्गत १६८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिए ।

देशको शान्ति–सुरक्षाबारे समितिलाई जानकारी दिँदै मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनाका क्रममा लुटिएका तथा हराएका हतियारमध्ये ठूलो हिस्सा फिर्ता ल्याउन सफल भएको बताए ।

उनका अनुसार,’घटनापछि हराएका वा लुटिएका सुरक्षाकर्मीका हतियारमध्ये ७१८ थान पुनः नियन्त्रणमा ल्याइएको छ ।’ उनले भने, ‘बाँकी हतियार फिर्ता ल्याउनका लागि सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाएका छन् ।’

प्रतिक्रिया