मेलम्चीमा सञ्चालित शिव शक्ति स्वास्थ्य क्लिनिकले मापदण्ड विपरीत  गर्भपतन गराउदै,प्रहरीले गर्यो ढाकछोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८२, बुधबार ०६:५४

मेलम्ची । मेलम्चीमा सञ्चालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत  गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा सात महिने गर्भवतीको गर्भपतन गराउने क्रममा रहस्य  खुलेको हो। गर्भपतन गराउने क्रममा सकुशल बच्चाको जन्म भएर पनि जिउदो बच्चालाइ फाल्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए  । प्रहरी घटना स्थल पुगेर मुचुल्का तयार गरि आएको तर हाल प्रहरीलेनै घटनालाइ ढाकछोप गर्दै गर्भपतन नभई नर्मल डेलीभर भएको प्रहरीले जनाउने गरेको स्थानीय बताउछन् ।

‘गर्भपतनका लागि सङ्घीय मन्त्रालयले स्वास्थ्य विभाग, जिल्ला अस्पतालहरूले प्रदेश र स्वास्थ्य चौकीहरूले स्थानीय तहबाट सम्बन्धन लिनुपर्छ, तर शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत  गर्भपतन गराउने गरेको स्थानीयले बताएका छन् ।

नेपालमा गर्भपतनले सन् २००२मा कानुनी मान्यता प्राप्त गरेको थियो। जस अनुसार महिलाको मञ्जुरीमा १२ हप्ताको गर्भ, जर्वजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा आउने भएमा, शारीरिक तथा मानसिक रूपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको राय तथा सुझावले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था छ।

मानसिक सन्तुलन ठिक नभएका १६ वर्ष मुनिका महिलाले अभिभावकको सल्लाहमा गर्भपतन गराउन पाउँछन्। तर, शिव शक्ति स्वास्थ्य क्लिनिकमा सात महिने  माथिको गर्भपतन गराएको खुलेको  छ।  घटनाको विषयमा बुझदा  शिव शक्ति स्वास्थ्य क्लिनिकले केहि बताउन चाहेको छैन।

शिव शक्ति स्वास्थ्य क्लिनिक आफै अबैधानिक रुपमा चलाएको समेत खुलेको छ जहाँ यस्तो भनिएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन, भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुहुन अन्यथा कानुन बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर) को मिति २०६१।०९।२३ को निर्णयअनुसार अनुरोध छ ।’

जहाँ सम्बन्धित स्वास्थ्य एन अनुसार इजाजत लिनुपर्ने हो इजाजत र नबिकरणनै नगरी खुलमखुल्ला चलाएको पाइएको छ ।  मेलम्ची प्रहरी प्रमुख सुकदेव पौडेल  प्रहरीलाइ घटनाबारे जानकारी लिन खोज्दा जवाफ दिन मानेन भने माथिको आदेश आउनुपर्ने  कारण देखाउदै बोल्न नमिल्ने बताए   । सो घटना बारे प्रमुख जिल्ला अधिकारीलाइ बुझ्दा यो घटनाबारे अनविज्ञ भएको र   घटनाबारे बुझेर तत्काल छानबिन समिति बनाएर अनुसन्धान गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया