काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट परेको छ । अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै रिट दायर गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको रिट निवेदकको दाबी छ । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गरेका छन् ।
पूर्व प्रधानन्यायाधीश भएको व्यक्तिलाई संविधानले प्रधानमन्त्री बन्न नदिने उनको जिकिर छ । राष्ट्रपति पौडेलले आवश्यकताको सिद्धान्तको सहारा लिनु गलत रहेको रिट निवेदकको दाबी छ ।
प्रतिक्रिया