प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ आज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ कार्तिक २०८२, बुधबार ०६:३१

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनलाई च्यालेन्ज गर्दै सर्वोच्च अदालतमा दर्ता भएका रिटमा भोलि आज  सुनुवाइ हुने भएको छ । प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक कदम रहेको दाबीसहित सर्वोच्चमा ११ थान रिट दर्ता भएको थियो । सबै रिटलाई लगाउमा राखेर हेर्नेगरी तयारी भइरहेको बताइएको छ ।

उक्त रिटको सुनुवाई संवैधानिक इजलासमा हुने छ । यसका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिने छ । संवैधानिक इजलासमा हुने बहस सर्वसाधारण र मिडियालाई जानकारी गराउनका लागि अदालत परिसरका विभिन्न स्थानमा माइक जडान गर्ने काम भएको छ ।

रिट निवेदनमा प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन दुवै बदर गरेर नयाँ सरकार गठनका लागि परमादेश माग गरिएको छ ।

प्रतिक्रिया