‘दसैँमा मासु खाँदा सचेत हुनुहोस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०८२, मंगलवार ०४:१९

काठमाडौँ।  दसैँ हिन्दुहरुको महानचाड। निधारमा रातोटिका, कानमा पहेंलो जमरा लगाउनु अनि मासु खानु नै दसैँको विशेषता हो।

कतिपयले दसैँलाई मासुको पर्व समेत भन्ने गरेको पाइन्छ। जसका कारण सचेत भएर मासुको उपभोग गर्न विज्ञहरुले सुझाब दिएका छन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

 

यो समयमा मानिसहरुले मासुको गुणस्तर नहेरी जथाभावी मासुको सेवन गर्ने भएकाले विभिन्न प्रकारका रोगको संक्रमण बढी हुने चिकित्सकहरुले बताएका छन्।

यसका लागि सबै मानिसहरुलाई सचेत हुन उनीहरुले आग्रह गरेका छन्। दसैँमा सबैभन्दा धेरै खसीबोकाको मासुको उपभोग धेरै हुने गर्दछ।

खसीबोकाको मासुभन्दा पनि कुखुराको मासु, माछा, हरियो तरकारी, सागसब्जी र गेडागुडीको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने डा. अनिल भट्टराईले बताए।

उनले भने,‘यदी खसीको मासु खानै पर्ने अवस्थामा छाला फालेर बोसो कम भएको मासुको मात्र सेवन गर्नु पर्छ।’

बोसो नभएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ। धेरैजसो मानिसहरुले पकाइसकेको मासुलाई लामो समयसम्म फ्रिजमा राखेर खाने बेलामा फेरी तताएर खाने गरेको पाइन्छ, तर त्यसो नगर्न उनले सबैलाई सुझाव दिएका छन्।

फ्रिजमा राखेको मासु फेरी तताएर खाँदा मानव स्वास्थ्यका लागि घातक हुने उनले बताए।

मासु खाँदा कुनै पनि व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार मासु पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा विभिन्न रोगको खतरा निम्तिन सक्छन्। यस्तो मासुभन्दा पनि मासुलाई ‘करी’ बनाएर खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुने उनले बताए।

यो समयमा खानपिनमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, झाडापखाला लाग्ने, पेट दुख्ने, क्षयरोग लाग्ने, कलेजो, मिर्गौला र टाउकोमा असर गर्ने, प्रजनन क्षमतामा असर, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीहरुको संख्यामा बढ्ने डा. भटराईले बताए।

उनले भने,‘मधुमेह, क्यान्सरका रोगीहरुले पोलेको, भुटेको, तारेको वा डढाएको मासु सेवन गर्न हुँदैन, यस्ता खाने कुराले उनीहरुको स्वास्थ्यमा जटिलता निम्त्याउन सक्छ।’

दसैँमा सकेसम्म मासुको कम सवेन गर्नुका साथै ताजा मासुको उपभोग गर्न विज्ञहरुले सुझाब दिएका छन्। तर पोषणविद्ले भने प्रतिदिन एक सय ग्राम मासुको सेवन गर्न सकिने बताउँदै आएका छन्।

उनीहरुले भने स्वास्थ्यका लागि मासुमा धेरै मसला र बोसो प्रयोग गर्न नहुने बताएका छन्।

चाडपर्वमा मासुसँग मदिराको सेवन धेरै हुने गरेको भन्दै डा. भट्टराईले स्वास्थ्यलाई हानी गर्ने यस्ता खालका चिजबाट टाढै रहन सुझाब दिएका छन्।

प्रतिक्रिया

slot gacor