को हुन् दिपक रिसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०८२, आईतवार ११:२६

साविक जोरपाटी गाउँ विकास समिति वडा नम्बर ८ हाल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा पिता भरत बहादूर रिसाल र माता जानकी रिसालका सन्तानका रूपमा वि।सं। २०३० सालमा जन्मिनुभएका दिपक रिसाल अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावान र देशभक्त नेता हुनुहुन्छ । रिसालको पारिवारिक मुख्य पेसा कृषि तथा पशुपालन थियो । उहाँ पारिवारिक पेसालाई थप विस्तार गर्दै त्यसलाई सहयोग र त्यसमा इँटा थप्ने काममा सदैव लागिरहनु भयो । उहाँ कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै राजनीतिमा पनि आफूलाई स्थापित गर्दै आइरहनुभएको थियो ।

उहाँले राजनीतिलाई अघि बढाउँदै २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदै सक्रिय रूपमा राजनीतिक जीवन सुरु गर्नु भएको हो । रिसालले नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्ध रहेर राजनीतिक जीवनलाई अगाडि बढाउनु भयो । उहाँ नेपाली काँग्रेसका नेता तथा क्षेत्रीय सचिव समेत हुनुहुन्थ्यो । कुनै व्यक्तिलाई काम गर्नका लागि पारिवारिक वातावरण र इच्छा शक्ति चाहिन्छ । जुन इच्छा शक्ति रिसालमा धेरै नै छ । त्यो खालको शक्ति र सामथ्र्य कमैमा पाइन्छ । त्यसैको फलस्वरुप रिसाल अहिले गोकर्णेश्वर नगरपालिकाको प्रमुखको रूपमा जनताको सेवा गरिरहनु भएको छ । उहाँ यो अवस्थासम्म आइपुग्दा कुनै पनि शक्तिहरूका सामु झुक्नु परेको छैन ।

यो नगर प्रमुख रिसालको प्रमुख विशेषता हो । पारिवार, जीवनसाथी, बुद्धिजीवी, भद्रभलादमी र सम्पूर्ण नगरवासीको सहयोगले नै सफलताको शिखरमा लम्कन उहाँलाई थप टेवा पुगेको छ । उहाँले राजनीतिक जीवनको लामो यात्रामा पार्टी विभिन्न सामाजिक संघसंस्था र जनप्रतिनिधि गरी विभिन्न निर्वाचनमा भाग लिइसक्नु भएको छ । अधिकांश निर्वाचनमा उहाँले जित हासिल गर्नु भएको छ । निर्वाचनमा उहाँ पराजित भएको इतिहास भने छैन ।

नगर प्रमुख रिजाल निर्वाचित भएसँगै देश र जनताको हितमा काम गर्दै आउनु भएको छ । आम नागरिकबीच सहजै भिज्न सक्ने क्षमताले पनि एक कुशल नेतृत्व, विकास निर्माणको कार्यमा सदैव अगाडि रहने नेताको रूपमा उहाँ परिचित हुँदै आउनु भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रमुखको उम्मेदवारको टिकट पाउने र टिकट पाएर पनि चुवाव जित्ने कमै नेता छन् । तिनै कम उम्मेदवार र नेता मध्येमा एक हुनुहुन्छ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल ।

नगर प्रमुख रिसाल पूर्वी उपत्यका कै एक प्रभावशाली व्यक्ति हुनुहुन्छ । नगर प्रमुख रिसालले विकास र समृद्धिका निम्ति महàवपूर्ण बाटो अवलम्बन गर्दै आइरहनु भएको छ । उक्त क्षेत्रका आम नागरवासीका समस्यालाई रिसालले आफ्नै समस्याका रूपमा लिने गरेको प्रष्टसँग व्याख्या गर्दै आउनु भएको छ । नगर प्रमुख रिसाल निर्वाचित भएदेखि ३ वर्षे कार्यकालमा गोकर्णेश्वर बासहीरूका हरेक खालका जीवनस्तर उकास्ने लगायतका विकास निर्माण र जनतासँग प्रत्यक्ष जोडिएका काम गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

One thought on “को हुन् दिपक रिसाल

  1. तपाईसँग लेख, रचना, बिचार र स्तम्भ छन् भने तपाईंका सामग्रीलाई हामी प्राथमिकताका साथ http://WWW.RASTRIYAKHABAR.COM मा प्रकाशित गर्नेछौं।
    हाम्रो अस्तित्व तब सम्म मात्र छ, जब सम्म यहाँहरु पाठक, दर्शक, लेखक, आलोचक, शुभेच्छुक र विज्ञापकका रुपमा हामीसित जोडिनु हुनेछ। तपाइँको साथ र सहयोग सधैं रहीरहनेछ। 🙏🙏🙏

Comments are closed.