टप एन्ड टी–२० सिरिज : आज नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८२, बिहीबार ०६:०१

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेल मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्ने भएको छ। खेल डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा बिहान ११:१५ बजे (नेपाली समयअनुसार) सुरु हुनेछ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने रेनेगेड्सलाई बिग ब्यास लिगका नियमित कप्तान विल सदरल्याण्डले नेतृत्व गर्नेछन्।

यसअघि नेपालले चार खेल खेलेकोमा एक जित र तीन हार व्यहोरेको छ। पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। तर मंगलबार भएको चौथो खेलमा नेपालले होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको फराकिलो जित हात पारेको थियो। यसैले नेपाल आजको खेलमा जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

मेलबर्न रेनेगेड्सले भने हालसम्म ३ खेल खेलेकोमा २ मा जित निकालेको छ। प्रतियोगितामा ११ टोली सहभागी छन् र हरेक टोलीले ६–६ खेल खेलेपछि शीर्ष चारमा पुग्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

चार खेलमा जम्मा २ अंक जोडेको नेपाल हाल अंकतालिकाको आठौं स्थानमा रहेको छ। नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

slot gacor