गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८२, बुधबार ०६:०३

मुकुन्द ढुंगाना

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि प्रतिनिधिसभाको कूल सदस्य संख्याको एक चौथाइ सदस्यको उपस्थिति रहनुपर्ने हुन्छ ।

प्रतिनिधिसभामा पानी जहाजसम्बन्धी विधेयक पेस गरिएको थियो । उक्त विधेयकमा विचार गरियोस् भन्ने प्रस्तावमा निर्णयार्थ प्रस्तुत गर्न लाग्दा माओवादी केन्द्रकी सांसद रुपासोसी चौधरीले गणपूरक संख्याको प्रश्न उठाएकी थिईन् ।

उनले गणपुरक संख्याबारे प्रश्न उठाएपछि घण्टी बजाएर गणपुरक संख्या एकिन गरिएको थियो । गणपुरक संख्या एकिन गर्दा प्रस्ताव पेश गर्नका लागि कम्तिमा ७९ सांसद्को उपस्थिति चाहिनेमा ६१ जना सांसदमात्रै बैठकमा उपस्थित रहेका थिए ।

गणपुरक संख्या नपुगेपछि आगामी साउन ७ गते बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया