टेलिकमका प्रबन्ध निर्देशक पहाडीलाई दुई लाख धरौटीमा छाड्न आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०८२, बुधबार ०५:३६

काठमाडौँ । विशेष अदालत, काठमाडौँले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा मंगलबार बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो ।

‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया