काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ । गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ ।
यो विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।
प्रतिक्रिया