नङ काट्नु हाम्रो नियमित काम हो । तर, के तपाईंलाई थाहा छ, यो सानो क्रियाले पनि तपाईंको जीवनमा ठूलो प्रभाव पार्न सक्छ भनेर । हाम्रो चालचलन, व्यवहार, र सोचाइले मात्र होइन, यस्ता साना–साना कामहरूले पनि उर्जा बोकेका हुन्छन् । त्यसैले शास्त्रीय मान्यताले नङ सही दिन र सही समयमा काट्नुपर्छ भनेर उल्लेख गरेको छ ।
कुन दिन काट्ने ?
शास्त्र अनुसार सोमबार, बुधबार, शुक्रबार र आइतबार, यी चार दिन नङ काट्नु शुभ मानिन्छ ।
सोमबार : मानसिक शान्तिको संकेत
बुधबार : बुद्धिको विकास
-शुक्रबार : प्रेम र सौन्दर्यमा वृद्धि
-आइतबार : दरिद्रता हटाउने, स्पष्ट सोच ल्याउने, सफलता दिलाउने दिन । आइतबारलाई त शास्त्रले “शुभको राजा” मानेको छ । यदि नयाँ सोच, सफलताको सुरुवात वा सकारात्मक उर्जा चाहनुहुन्छ भने आइतबार नङ काट्नु पर्छ ।
कहिले काट्नु हुँदैन
राति कहिल्यै पनि नङ काट्नु हुँदैन । किनभने रातमा नङ काट्नाले घरमा नकारात्मक उर्जा आउँछ, धनको नोक्सानी हुन्छ र मानसिक तनाव बढ्छ भन्ने मान्यता छ । त्यसैले उज्यालो समयमा, विशेषगरी बिहान वा दिउँसो नङ काट्नु उत्तम मानिन्छ ।
के यी कुरा अन्धविश्वास हुन ?
यी नियम अनुशासन र अनुभवमा आधारित छन् । हाम्रा पुर्खाहरूले बनाएको जीवनशैलीका मार्गदर्शन हुन् । शरीरको सफाइ मात्र होइन, आत्माको शुद्धताको अभ्यास पनि हो नङ काट्नु । यो नियम केवल धर्म वा परम्परा मात्र होइन, सकारात्मक दिनचर्याको लागि सन्देश पनि हो । साना कुरामा ध्यान दिँदा ठूलो परिवर्तन सम्भव छ । जसरी स–साना नङले पनि सौन्दर्य बढाउँछ, त्यसरी नै सही समयमा नङ काट्दा जीवन अझ सन्तुलित र उर्जाशील बन्न सक्छ ।
प्रतिक्रिया