काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थीत राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्दै उनले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए ।उनले भने, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ”
पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया