काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो । बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।
रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।
प्रतिक्रिया