नगर प्रमुख चौधरी विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८२, बुधबार ०५:४९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

चौधरीले आ.ब. २०७८/०७९ मा त्रियुगा नगरपालिका अन्तर्गतको बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री ठेक्का सम्झौता गर्दा तोकिएको परिमाण भन्दा कम मूल्य कायम गरी भ्रष्टाचार गरेको आयोगले दाबी गरेको छ ।

प्रतिक्रिया