भैरहवा विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकको जिम्मेवारी मन्जु खाणलाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०८२, सोमबार ०६:०३

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेसकी मञ्जु खाणलाई दिइएको छ ।

विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारलगायत विषय छानबिन गर्न बनेको उपसमितिको संयोजकमा यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराई थिए । पूर्वमन्त्रीसमेत रहेका भट्टराई संयोजक रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै प्रश्न उठेपछि उनले आफू संयोजक नरहने बताएका थिए ।

लेखा समिति सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरेका थिए । मैनालीलाई संयोजक बनाउने विषयमा सहमति जुट्न नसकेपछि उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक तोकेको हो ।

प्रतिक्रिया