बागमतीका मेयर थापालाई अख्तियारको अर्को मुद्दा, मधेसका तत्कालीन अर्थमन्त्री पनि मुछिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०८२, सोमबार ०५:५०

काठमाडौं । बागमती नगरपालिकाले सञ्चालन गरेको माछा पोखरी निर्माण योजनामा सरकारी सम्पत्तिको हानि–नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार मधेस प्रदेशका तत्कालीन अर्थ मन्त्री बिजय यादव, नगर प्रमुख भरत थापा, उपप्रमुख लिलाकुमारी मोक्तानसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार बागमती वडा नम्बर ४ र १२ नम्बर वडामा पोखरी निर्माणको क्रममा अनियमितता भेटिएको जनाएको छ ।

जसमा ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको आरोप अख्तियारको छ । तीन जनप्रतिनिधि सहित अन्य पाँच कर्मचारीलाई अख्तियारले विपक्षी बनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकिय आधिहत विमल कुमार पोखरेल, तत्कालीन योजना प्रमुख निरन्जन लामिछाने, तत्कालीन योजना प्रमुख इन्जिनियर सागर पौडेल तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल छन् । यस्तै, मधेस प्रदेश सरकारका तत्कालीन अर्थ मन्त्री विजय कुमार र, अर्थ मन्त्रालयका तत्कालीन कानून अधिकृत गोकुल भुजेल छन् ।

प्रतिक्रिया