सुनको मूल्यमा गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०८२, आईतवार १३:५३

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया