पत्रकारको पास निलम्वन गरेकोप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०८१, बिहीबार ०७:२७

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रश्न सोधेका आधारमा पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्वन गरेकामा राष्ट्रिय अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको छ ।

पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न  सङ्घीय संसद्समक्ष आग्रह गरेको संघका अध्यक्ष  मुकुन्द ढुंगानाले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्वन गरेको संघले जनाएको छ ।

प्रतिक्रिया

slot gacor