गोकर्णेश्वरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०८०, मंगलवार ०८:१०

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सञ्चालित नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न  भएको छ । सोमबार संघीय सांसद तथा अर्थ समतिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नगर प्रमुख दीपक रिसालको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा पूर्व संघीय सांसद कृष्ण  राई ,नगर उप प्रमुख सान्नानी लामा,  वडा अध्यक्ष मधु तामाङ, जयराम महत, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा युवा तथा खेलकुद विभागका प्रमुख दण्ड पानि शर्मा, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, प्रहरी वृत्त बौद्धका प्रमुख राजु पाण्डे, नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । मंसिर २७ देखि विभिन्न विधामा भएको खेल सोमबार  गोकर्णेश्वर नगरपालिका वडा-२ को बाल सुधार स्कुलमा सम्पन्न भएको हो । कार्यक्रम संचालन  युवा तथा खेलकुद उपशाखाका प्रमुख राम नारायण शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया

slot gacor